गगन थापाले गरे सभापति पदको उम्मेदवार हुने घोषणा

काठमाण्डौं, मंसिर १७ गते ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।

उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६(२९ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *