भारतमा हुने ‘डिसाबिलिटी’ क्रिकेट सिरिज खेल्न नेपाली टोली आइतबार भारतको हरियाणा जाने

काठमाण्डौं, मंसिर १३ गते ।

नेपालले भारतमा हुने ‘डिसाबिलिटी’ क्रिकेट सिरिज खेल्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ ।

खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी रहेका छन् ।

अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र राखेपकी सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतियोगिता डिसेम्बर ३ देखि ५ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *