काठमाण्डौं, कार्तिक २३ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमै बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् ।
काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीं नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
प्रधानमन्त्री कार्कीले कार्यक्रममा बोल्दै निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने भन्दै डराउने नभइ आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरेकी छन् । आज भन्दा भोलि राम्रो बनाउने उद्देश्यका साथ सबैले हातेमालो गरेर देश बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया