स्काउटले खड्का ल्याण्ड प्रालिलाइ सात दिनभित्र बहालको बक्यौता रकम तिर्न सुचना जारी गरेको छ ।

काठमाण्डौं, कार्तिक २० गते ।

कांग्रेस नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड प्रालिले स्काउटको जग्गा कब्जा गर्दै आएको आरोप लाग्दै आएको छ । सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न सुचना जारी गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ ।

आज प्रकाशित स्काउटको सार्वजनिक सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । तर भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *