काठमाडौं, कार्तिक १३ गते ।
चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ ।
आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता भएको थियो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । प्रिमियरमा सहभागीले पहिलो एपिसोडको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
निर्देशक लक्ष्मण पौड्यालले सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको बताए । चारैजना कोच यसअघि विजेता भैसकेकाले यो सिजन निकै प्रतिस्पर्धात्मक हुने उनले बताए ।
शुक्रबारदेखि ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि ब्याटलसहितका प्रतिस्पर्धामा शो अघि बढ्नेछ । द भ्वाइस अफ नेपालको सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।
‘दर्शकको रुचि र चाहनाअनुसार युवा लक्षित कन्टेन्ट ल्याउनमा हामी केन्द्रित छौं’ उनले भने । सो अवसरमा हिमालय टिभीका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र प्रायोजकहरूले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सातौं सिजनको शीर्ष प्रायोजक भेसलिन रहेको छ । भेसलिनका प्रमुख वित्तिक अधिकृत आयुष शर्माले स्वस्थ आवाजजस्तै स्वस्थ छाला जरुरी रहेको बताए । ‘भ्वाइससँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं’ उनले भने ।

प्रतिक्रिया