नेपाली कांग्रेसका सभापति देउवा पत्नी सहित सोमबार सिंगापुर जाँने भएका छन

Gantabya News

११ कार्तिक २०८२, सोमबार

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँने भएका छन् । राति ९ बजे नेपालबाट सिंगापुर प्रस्तान गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलल बताएको छ ।

जेन जी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीबाट देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।

देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

कांग्रेस मुख्य सचिव पौडेलले देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *