जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै

Gantabya News

८ कार्तिक २०८२, शुक्रबार

काठमाण्डौं – जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

‘जेन–जी युनाइटेड’ को नामबाट गरिएको प्रदर्शनमा युवा तथा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन्।

‘जेन–जी युनाइटेड’ का प्रदर्शनकारीहरूले हातमा प्लाकार्ड बोकेका थिए। प्लाकार्डमा ’रगतको बलिदान बिर्सनु अपराध हो,’ ’जेनजी एक हौँ’ जस्ता नाराहरू लेखिएका थिए।

उनीहरूले शान्तिपूर्ण रूपमा जुलुससहित प्रदर्शन गर्दै शहीदप्रतिको श्रद्धा र न्यायको माग गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *