नेपालले काभा कप पुरुष भलिबलमा लगातार दोस्रो हार

काठमाडौं। नेपालले काभा कप पुरुष भलिबल (काभा कप फर मेन)मा लगातार दोस्रो हार बेहोरेको छ।

ढाकास्थित इन्डोर हलमा बिहीबार सम्पन्न दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो खेलमा तुर्कमेनिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो।

जितसँगै बंगलादेशले लगातार ५ अंक पुर्‍याएको छ। नेपालको १ अंक छ। बंगलादेशले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० ले जितेको थियो। तर, त्यसपछि नेपाल खेलमा फर्कियो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा नेपालले २५–२३ को जित निकाल्दै खेल २–१ मा ल्याएको थियो।

चौथो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटमा पुर्‍यायो। तर, निर्णायक सेटमा नेपाल १६–१४ ले पराजित हुन पुग्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *