२० असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता भएन । जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनीहरूको जाहेरी भने दर्ता भएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको छ । समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।
प्रहरी स्रोतले भन्यो, ‘हामीले केहीबेर छलफल ग¥यौं । तर, जाहेरी दर्ता भएको छैन ।’
जेनजीहरूले आजबाट ‘केपी ओली एरेस्ट’को अभियान सामाजीक संजालमा शुरुवात गरेका छन् ।

प्रतिक्रिया