काठमाडौं । कराँतेकी स्टार खेलाडी एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् । मलेसियाको क्लालाम्पुरमा भएको कराँते वान सिरिज एमा एरिकाले स्वर्ण पदक जितेकी हुन् ।
मलेसियाको राजधानीमा अक्टोबर ३ देखी ५ सम्म संचालन हुने कराते १ सिरीज ए मा उनले ६८ केजी तौल समूहमा गुरुङले चेक खेलाडी हाकोभा अमाइलीलाई फाइनलमा २–० अंकले हराउँदै स्वर्ण पदक जितिन् । यस प्रतियोगिता विश्व कराँते महासंघको आधिकारिक प्रतियोगिता हो ।
एरिकाले नेपाललाई एसियन गेम्समा समेत ऐतिहासिक रजत पदक दिलाएकी थिईन् ।

प्रतिक्रिया