सभापति शेरबहादुर देउवा डिस्चार्ज भएपछि ललितपुरमा बस्ने

काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट कहिले डिस्चार्ज हुने आज टुगो लाग्ने छ । डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा र उनकी पत्नी निवार्तमान परराष्ट्रिमन्त्री तथा कांग्रेस नेता आरजु राणा देउवा घाइते भएका थिए । आक्रमणबाट सभापति देउवाको गर्धन र गर्धनमाथिको भागमा चोट लागेको थियो । सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।

प्रदर्शनकारीहरूले भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्छ । सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ उनले भने । सभापति देउवाको आफन्तको घर जावलाखेलमा छ । उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *