उदयपुर सेवा समाज दक्षिण कोरियाले साहयता कोष स्थापनाको लागि कार्यक्रम गर्दै

सिओल –उदयपुर सेवा समाज दक्षिण कोरियाले कोरियन महान चाड छुसक २०२५ को अवसरमा छुसेक डान्स नाइट कार्यक्रम आयोजना गर्ने भएको छ । अक्टोबर ६ तारीख सिओलमा हुने भएको हो ।

संस्थाको दिगो व्यवस्थापन र निरन्तरता साथै कोरियामा रहेको उदयपुरे लगायत नेपालीहरुलाई भईपरी आउने समस्याहरुमा आर्थिक सहयोगको लागि कोष स्थापनाको लागि यस कार्यक्रमको उद्देश रहेको छ ।
उक्त कार्यक्रममा स्थानीय नेपाली कलकारहरुको प्रस्तुती रहने छ । कलकारहरु डिजे रुमएसिइ, डान्सर पिग्लेट, डान्सर दिप मगर, ¥यापर एका माइदेव, ¥यापर तथा डान्सर दिया खड्का लगायतले प्रस्तुती रहने छ । कार्यक्रम साझ ६ बजे देखि बिहान ५ बजे सम्म संचालन हुने महासचिव राइले बताए ।

“प्रवासी भूमीमा समन्वय, सहकार्य र एकता, दिगो जीवनस्तर र समाज सेवा हाम्रो प्रतिवद्धता“ भन्ने मुल उद्दश्यले सन् २०१७ मा उदयपुरे हरुको साझा संस्था उदयपुर सेवा समाज दक्षिण कोरियाको स्थापना भएको थियो ।

स्थापनाकाल देखि नै सांस्कृतिक, परोपकारी र समाजसेवाको कार्य साथै नेपाली कला, संस्कृती र पर्यटनको प्रबर्धनको कार्य समाजले निरन्तर गर्दै आएको छ । हामी जुन माटोमा हुर्कियौ त्यहि माटोको लागी केहि गर्नु हाम्रो सामाजीक कर्तब्य हो । विभिन्न पेशा व्यवसाय गरेर कोरीयामा रहेका सम्पुर्ण उदयपुरेहरु समाजमा समावेश हुन समाजका महासचिव राईले आग्रह गरे ।

उदयपुर सेवा समाज दक्षिण कोरियाले कोरियामा रहेको उदयपुरे लगायत नेपालीहरुलाई भईपरी आउने समस्याहरुमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । कोरियामा अध्यायनरत विद्यार्थिहरुलाई खर्च अभावमा निशिचत समयको लागि बिना ब्याज सापटी पैसा पनि उपलब्ध गराउने गरेको छ । यस्तै देशमा आइपर्ने प्रकोपहरुमा पनि विभिन्न समयमा सहयोग रकम प्रदान गरेको समाजका अध्यक्ष उमेश कुमार राईले बताए ।

जिल्लाको पहिचान र इतिहासलाई जीवन्त राखिरहनुमा एकता र ऐक्यवद्धताको ठुलो भुमि रहने गर्दछ जहाँ आम उदयपुर बासिहरु एक ठाउँ उभिएर अगाडि बढ्नेछौँ भन्नेकुरा मेरो ठम्याइ छ अध्यक्ष राईले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *