नारायणगढ–मुग्लिन सडकखण्डको सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेरसडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

तुइनखोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *