काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छन् । अहिलेको विशेष राजनीतिक परिस्थितिको कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने नगर्ने भएका छन् ।
नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्ष पछि संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले विविध मतभेद र विवादपछि ‘नेपालको संविधान, २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया