काठमाडौं – साफ यु–१७ च्याम्पियनसिपमा नेपालले सुखद सुरूवात गरेको छ । आज नेपालल घरेलु टोली श्रीलंकालाई २–० ले पराजीत गरेको छ ।
नेपालले सुरूवात देखि नै खेलमा दबाब बनाएको थियो । पहिलो हाफमा नेपालले गोल गर्ने मौका पाए पनि गोलमा परीणत गर्न सकेन । नेपालको जितमा दुबै गोल समिर कुमारले गरेका थिए । यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ ।
खेलको ५२ औं मिनेटमा नेपालले प्रतिश थापा मगरको क्रसमा समिरको हेडरले नेपाललाई खेलमा १–० को अग्रता बनायो । नेपालले खेलको अन्तिम मिनेटमा समिरले बक्सभित्रबाट गोल गर्दै नेपालले २–० को जितकासाथ महत्वपूर्ण ३ अंक जोडेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ । नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा र भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया