भोलीबाट देश भरको १६४ वटै फिल्म हल खुल्ने

काठमाडौं । जेन्जी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हलहरु सोमबारदेखि खुल्ने भएका छन् ।
आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो ।
सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जानकारी गराएका छन् । उनका अनुसार सुरक्षाको लागि स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन ल्याइनेछ ।
रात्रीकालिन शो राति १० बजे सम्म संचालन हुने समेत प्रवक्ता थापाले जनाए । तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल खुल्नेछन् ।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म प्रदर्शन हुनेछन् । यसबाहेक केही विदेशी फिल्म समेत रिलिजको तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *