सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाले मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट घ्याङका मृतक सानू पासाङ लामाका परिवारलाई बिमा वापतको १ लाख १३ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैशाख २९ गते शुक्रबार पूर्व मन्त्री शेरबहादुर तामाङ, संस्थाका अध्यक्ष मित्रलाल चौलागाई लगायत संस्थाका कर्मचारीले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।
सुर्यमुखी सहकारी संस्थाको शेयर सदस्य समेत रहेका लामाले सहकारीबाट १ लाख रुपैयाँ ऋण लिँदा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी मार्फत बिमा गरिएको थियो । सुर्यमुखी सहकारी संस्थाबाट ऋण कारोबार गर्दा ऋणिको इच्छा अनुसार संस्थाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी मार्फत बिमा गर्ने कार्य पनि गरिरहेको छ । मृतक लामाले पनि ऋणको बिमा गरि कर्जा लगेका थिए भने उक्त ऋणको ब्याज र किस्ता नियमित तिर्दै आएका थिए ।

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थामा २०७५ पुस ११ गते लामाले ५ हजार ५ सय रुपैयाँको शेयर खरिद गरि सक्रिय सदस्य बनेका थिए । उनले २०७७ कार्तिक २४ गते पशुपालन ब्यवसाय सन्चालन गर्न सस्थाको नियम अनुसार मासिक ब्याज र त्रैमासिक किस्ताबन्धिमा ३० महिनाको लागि एक लाख रुपैयाँ ऋण लिएका थिए ।

लामाको गत चैत १० गते असामहिक निधन भएको थियो । उनले संस्थाबाट लगेको कर्जा १ लाख मध्येमा ९० हजार रुपैँया भुक्तानी गरिसकेका थिए भने साँवा १० हजार बाँकी रहेको थियो । सो साँवा रकम परिवारका सदस्यबाट भुक्तानी समेत भइसकेको छ । संस्थाले बिमा गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा उनको बिमा रकम दाबी गरि साँवा १ लाख रुपैयाँ र काजकिरिया खर्च १० हजार रुपैयाँ गरी १ लाख १० हजार रुपैया सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सस्थाको खातामा जम्मा गरिदिएको थियो ।

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्यको निधन भएपछि काजकिरिया खर्चको लागी ३ हजार रुपैयाँ दिने ब्यवस्था रहेको छ ।
स्वर्गीय लामाको बिमा कम्पनी मार्फत आएको १ लाख १० हजार रुपैयाँ र संस्थाबाट ३ हजार गरि १ लाख १३ हजार रुपँैया उनका हकवाला तिर्थमाई लामा तथा उनका परिवारलाई संस्थाका शेयर सदस्य, पुर्ब मन्त्री एवं सांसद शेरबहादुर तामाङ, संस्थाका अध्यक्ष मित्रलाल चौलागाई, सहायक प्रबन्धक बिना पोखरेल, ऋण प्रमुख अनुस्का थापा र बजार प्रतिनिधि नवराज खतिवडा सहितको उपस्थितिमा सो रकम प्रदान गरिएको छ ।

प्रतिक्रिया