काठमाण्डौं, कार्तिक १६ गते ।
शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसका कारण विवादमा तानिएका हुन् । स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ । उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक–चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।
पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो । करिब आधा घण्टापछि उनले स्टाटस हटाए पनि त्यसअघि नै स्क्रिनसट भाइरल भइसकेको थियो । हाल सामाजिक सञ्जालमा बालेनको अभिव्यक्तिबारे व्यापक बहस चलिरहेको छ ।
मेयरको यो वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् भने केहीले त्यसलाई हास्यात्मक वा प्रतीकात्मक रुपमा लिएका छन् । विज्ञहरूका अनुसार छिमेकी मुलुकहरूमाथि यसरी सार्वजनिक रुपमा प्रहार गर्नु कुनैपनि मुलुकको हितमा नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया