सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच आज अपराह्न ४ बजे संवाद हुने

Gantabya News

१३ कार्तिक २०८२, बुधबार

काठमाडौँ, कात्तिक १२ गते
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकीछन्  । भदौ २३ र २४ गतेको जेनजी आनदोलनपछि बनेको सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचन सम्बन्धी संवाद हुने छ ।

कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग प्रधानमन्त्री काकीकोे संवाद सम्पन्न भएको थियो । उक्त बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *