यूएईले भिजिट भिसाका लागि साथी वा आफन्तले प्रायोजन (स्पोनसर) गर्न सक्ने भएको छ । प्रायोजकको आम्दानी न्युातम ४ हजार दिराम हुनु पर्ने छ । तर विदेशी विधवा वा सम्बन्ध विच्छेद भएका एकल महिलाहरूलाई प्रायोजक विना नै यूएईमा बसोबास गर्ने अनुमति दिने आईसीपीले जनाएको छ ।
यूएईको संघीय प्राधिकरण (आईसीपी) ले भन्सार र बन्दरगाह सुरक्षाको लागि आय विवरण अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण पेस गर्नुपर्ने हुन्छ साथै आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ ।
उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।
जसमा कृत्रिम बुद्धिमता (एआई), कार्यक्रमहरू, क्रुज जहाजहरु र मनोरञ्जन गरी यूएईले चार नयाँ भिजिट (भ्रमण) भिसाको वर्ग तोकेको छ । बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि जारी हुने छ जसमा विशेष सर्तअनुसार प्राधिकरणको निर्णयद्वारा अनुसार अनुमतिपत्र प्रदान गर्ने बताएको छ ।
भिजिट भिसाको नयाँ प्रावधान बारे जानकारी दिँदै आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा बसोबास र विदेश मामिलामा वर्तमान र भविश्यका प्रवृत्तिहरूमा अध्ययन गरेपछि नयाँ भिजिट भिसाको नियम र सर्तहरू संशोधन गरिएको बताए ।
यूएईका सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महानिर्देशक खैलीले पछिल्ला संशोधनहरूले जीवनको गुणस्तर सुधार गर्न, व्यापार र यातायात बढाउन, प्रविधि क्षेत्रहरूलाई टेवा पुगे तथा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा युएईको प्रतिस्पर्धात्मकता क्षमतालाई सुदृढ पार्न पनि योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया