काठमाण्डौ – दक्षिण कोरियाको ई–७ भिसामा सीपयुक्त नेपाली श्रमिकहरू म्यानपावर कम्पनीहरूमार्फत नपठाइने वैदेशिक रोजगार विभागले जनाएको छ । यहाँको म्यानपावर र त्यहाँका रोजगारदाता बिटुबी माध्यमबाट ई–७ भिसामा श्रमिक पठाउने गरी ल्याइएको कार्यविधि कार्यान्वयन नहुने सूचनामा उल्लेख गरेको छ ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले म्यानपावरमार्फत् ई–७ भिसामा श्रमिक पठाउने गरी कार्यविधि ल्याएका थिए । वैदेशिक रोजगार विभागल मंगलबार एक सूचना जारी गर्दै विभागले यस कार्यविधि कार्यन्वयन नहुने जनाएको छ । यसअघि पनि विरोधपछि खारेज भएको कार्यविधि दोस्रो संसोधन गर्दै फेरि ब्युँताएर म्यानपावरमार्फत श्रमिक पठाउने गरी प्रक्रिया अघि सारेका थिए ।
यसले इपिएस प्रणालीमा समेत असर पु¥याउने भन्दै कतिपयले विरोध गरेका थिए । यसमा आर्थिक चलखेल भएको विषय उठेपछि अख्तियारले समेत चासो देखाएको थियो । अहिले मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्देशन दिएको भन्दै विभागले सूचना निकालेको हो ।

प्रतिक्रिया