दोश्रो मेरीङ्देन कप फुटसल प्रतियोगिता २०८२ असोज १५ गते हुने ।

Gantabya News

२८ भाद्र २०८२, शनिबार

हातेमालो मल्टि इन्भेष्टमेन्ट प्रा.लि. को आयोजनामा महान पर्व दशैंको उपलक्ष्यमा मेरीङ्देन कप फुटसल प्रतियोगिताको दोश्रो संस्करण आगामि असोज १५ गते बुधवार हुने भएको छ । काठमाडौं उपत्यकामा रहेको मेरीङ्देनवासी युवाहरुलाई खेलको माध्यमबाट एकता र सद्धभाव कायम गर्दै मनोरञ्जन दिने उद्देश्यले गत बर्ष देखि मेरीङ्देन कप फुटसल प्रतियोगिता शुरु गरिएको हो । यस प्रतियोगिता प्रत्येक बर्ष सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता ललितपुर स्थित केसीज फुटसल ग्राउण्डमा बिहान ७ बजेबाट सञ्चालन हुने छ र टिम दर्ताको लागि आवेदन असोज १० गते राती १२ बजे सम्म खुल्ला रहने छ । यस प्रतियोगिताको विजेताले रू १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र साथै उपविजेताले रू १० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरीने आयोजक संस्थाका सचिव कृष्णराज लिम्बुले बताए ।
हातेमालो मल्टि इन्भेष्टमेन्ट प्रा.लि. “सामाजिक सद्भाव सहितको आर्थिक समृद्धि” भन्ने मूल नाराको साथ सामाजिक एकता र आर्थिक समृद्धिको लागि ७ जनाको समूहले काठमाडौस्थित एउटा पार्कबाट सुरु गरि स्थापनाको तेस्रो बर्षमा सामाजिक समूह हुँदै कम्पनीको रुपमा शु्रुवात भएको थियो । हाल काठमाडौं उपत्यकामा रोजगारी, विभिन्न पेसा,व्यवसाय र उच्चशिक्षाको सिलशिलामा उपत्यकामा रहेका मेरीङ्देन-६ नाल्बूवासीद्वारा नेपालको कानुन बमोजिम विधिवतरुपमा दर्ता भई यस संस्थाले सामाजिक सहयोग कोष,आर्थिक समृद्धिका लागि विभिन्न कार्यहरु लगायत विभिन्न निकायहरुसँग समन्वय गरि सामाजिक सहयोगका कार्यहरु समेत काठमाडौं उपत्यमा गरिरहेको संस्थाका अध्यक्ष भरत कुमार तुम्बाहाङ्फेले बताए ।
साथै दोस्रो मेरिङ्देन कप-२०८२ युवा लक्षित कार्यक्रम भएको हुनाले समय मै टिम दर्ता गराई भव्यरुपमा प्रतियोगिता सफल पार्न सम्पुर्ण युवाहरुलाई आयोजक संस्थाले आव्हान गरेको छ । टिम दर्ताको लागि सम्पर्क नम्बरहरु:- ९८४१०३७९१९, ९८६१३१७१३

प्रतिक्रिया

One thought on “दोश्रो मेरीङ्देन कप फुटसल प्रतियोगिता २०८२ असोज १५ गते हुने ।”

Leave a Reply to asdsad Cancel reply

Your email address will not be published. Required fields are marked *