प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेसनल फुटबल लिगको शीर्षस्थानमा

काठमाडौं। नेपाली फुटबलर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेसनल फुटबल लिगको शीर्षस्थानमा पुगेको छ।

शनिबार इत्तिहाद स्टेडियम १ अल–पोलोमा सम्पन्न तेस्रो चरणको खेलमा इत्तिहादले इस्तेजललाई ३–० ले पराजित गरेको थियो । यस खेलमा जीत हात पारे संगै इत्तिहाद सात अंकसहित लिगको शीर्षस्थान छ ।

इत्तिहादले पहिलो खलेमा अर्टोडक्ससँग १–१ को बराबरीमा र दोस्रो खेलमा निशामी फ्यूचरमाथि १–० को जित हासिल गरेको थियो । यस खेलमा ३–० गोल स्कोरको जीत निकालेको थियो ।
इत्तिहादले लिगको चौथो खेलमा आगामी शनिबार (अक्टोबर ११) घरेलु मैदानमा ओमान एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *