त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तथा अवतरण बन्द गरियो ।

काठमाडौं । मौसम खराबीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तथा अवतरण बन्द गरिएको छ ।

उडान रोकिए पछि यात्रुहरु टर्मिनलमा अलपत्र परेकोे छ । यात्रुहरुले काटेको टिकट कतिपय वायु सेवा कम्पनीहरुले क्यान्सिल गराइरहेका छन् ।

जलवायु परिवर्तनको कारण कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म निरन्तर पानी परिरहेको छ । पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस कारण सतर्कता अपनाउदै उडान तथ अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरीएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *