काठमाडौं । वेस्ट इन्डिजसँगको टी–२०आई शृंखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्ने छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा बेलुका नेपाली समयाअनुसार सवा ८ बजे खेल सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्नेछ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ–आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आज पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहनेछ ।
यो शृंखलाको अन्तिम खेल नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार खेल्नेछ ।

प्रतिक्रिया