काठमाण्डौं – जेनजी अभियान्ता सुदन गुरूङले जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिने खुलासा गरेका छन् । अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ ।
नयाँ पार्टी खोलेर जेनजी पुस्ताले निर्वाचनमा भाग लिने प्राइम टेलिभिजनको एक अन्तरवार्तामा गुरुङले बताएका छन् । बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई समेट्ने प्रयास भइरहेको पनि उनले बताए । पार्टीको नाम के रहने चाहिँ उनले बताएनन् ।
नयाँ पार्टी खोलेर जेनजी पुस्ताले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन सक्छ र हामी सक्षम छ भनेर देखाउन सक्छौं । ‘राम्रो काम गर्नेलाई हरेक नेपालीले समर्थन गर्छ ,’ उनले भने ।
काठमाडौं महानगरका मेयर बालेन शाहाले स्वतन्त्र रूपमा लड्न र जित्न सकिन्छ भनेर आशा जगाएको भए पनि व्यक्तिगत रूपमा बालेनसँग आफ्नो चिनजान नरहेको उनले बताए ।
‘कुलमान घिसिङले पनि पार्टी खोल्ने भन्नुभएको छ, उहाँलाई पनि समेट्नुप¥यो । जब लक्ष्य एकै छ भने बाटो किन भिन्न बनाउने ‘यसमा उहाँहरू सबै प्रधानमन्त्री नै हुन चाहने हो भने चाहिँ म छाड्न तयार छु । तर हाम्रो जिम्मेवारी उहाँहरूलाई एकै ठाउँमा ल्याउनु हो।’
जोसुकै प्रधानमन्त्री भए पनि देशको अवस्था परिवर्तन होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए।

प्रतिक्रिया