जेन–जी आन्दोलनको क्रममा पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको गभर्नरले गरे खुलासा

काठमाडौं– भदौ २४ गते भएको जेन–जी आन्दोलनको क्रममा पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । सो लुटपाट बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले एक पोर्टकास्टमा खुलासा गरेका हुन् ।

धेरै सरकारी कार्यालयहरु क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट सो लुटपाट भएको सुशान्त प्रधानसँगको पोडकास्टमा बोल्दै गभर्नर पौडेलले बताएका छन् ।

‘संसद् भवन भित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले पोडकास्टमा भने ।

उनले जेन–जी आन्दोलनको क्रममा एटिएममा पैसा नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो समस्या आउने डर लागेको तर, सो स्तरको समस्या नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *