क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र नेपालीहरु भोली सम्ममा नेपाल आइसक्ने ।

क्वालालम्पुर – जेन्जी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान बन्द हुँदा झण्डै दुई सय नेपालीहरु स्वदेश फर्किन लागेका नेपाली यात्रुहरु मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआईए) मा रोकिएका छन ।

नेपाल आउन मलेसियाको अध्यागमन पार गरिसकेका तथा विभिन्न देशबाट ट्रान्जिट हुँदै आएका नेपाली यात्रुहरू विमानस्थल भित्रै रोकिनुपरेको नेपाली राजदूतावास, क्वालालम्पुरका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीले जानकारी गराए ।

राजदूतावासका अनुसार उडानको पर्खाइमा बसेका ती नेपालीहरूलाई खाने कुरा उपलब्ध हुन सहज अवस्था छैन । खानाको व्यवस्था गर्न राजदूतावासको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, व्यवसायी तथा विभिन्न संघ–संगठनले सहयोग गरेका छन ।

विमानस्थल भित्र दूतावासका कर्मचारीहरू प्रवेश गरेर भोकभोकै रहेका नेपाली यात्रुहरूलाई भेटघाट तथा खाना वितरण गरेको छ । दुई दिन बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल आंशिक रूपमा सञ्चालनमा आइसकेको छ । नेपालमा पूर्ण रूपमा उडान सुचारु नभए पनि केहि हवाई उडानहरू हुन थालेका छन । विमानस्थलको हवाइ उडान तालिका अनुसार भोली सम्ममा नेपाल आइसक्ने दुतावास श्रोतले जनाए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *