दक्षिण अफ्रिकामा (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि सरकारले सतर्कता अपनाउने तयारी थालेको छ । ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपालमा आउने यात्रुलाई अनिवार्य एक हप्ता क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि नेपालले अब अनिवार्य क्वारेन्टिन बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया