मध्यपूर्व तनाव; पर्यटनको सिजनमै ग्यास अभाव हुँदा व्यवसाय संकटमा:अध्यक्ष बराल

Gantabya News

३० फाल्गुन २०८२, शनिबार

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले अन्तर्राष्ट्रिय तनाव र आन्तरिक आपूर्तिमा देखिएको अवरोधले व्यवसायीहरू मारमा परेको बताएका छन् ।

नेपालमा पर्यटकीय गतिविधि बढ्ने मुख्य सिजन सुरु भएसँगै बजारमा देखिएको खाना पकाउने ग्यासको अभावले पर्यटन क्षेत्रमा नयाँ संकट पैदा गरेको अध्यक्ष बरालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पर्यटन तथा होटल क्षेत्रलाई आवश्यकता अनुसारको ग्यास उपलब्ध गराउनसमेत उनको माग छ ।

मध्यपूर्वमा जारी तनाव (विशेष गरी इरान–इजरायल द्वन्द्व) को असर नेपालको आपूर्ति प्रणालीमा देखिएको छ । यसले गर्दा होटल सञ्चालनका लागि अत्यावश्यक ग्यास पाउन कठिन भएको उनले जानकारी दिए । ‘जेन जी’ आन्दोलन र निर्वाचनपछिको सुस्तताबाट तंग्रिन लागेको पर्यटन क्षेत्रलाई ग्यास अभावले फेरि थला पार्ने जोखिम बढेको बराल बताउँछन् ।

‘ग्यास अभाव र अन्तर्राष्ट्रिय अस्थिरताका कारण युरोप र मध्यपूर्वका पर्यटकहरूले धमाधम होटल बुकिङ रद्द गरिरहेको अध्यक्ष बरालले जानकारी दिए । भारतीय पर्यटकहरू गर्मी छल्न नेपाल आउने र नेपाली नयाँ वर्षको आन्तरिक पर्यटन बढ्ने समयमै ऊर्जा संकट देखिनु दुर्भाग्यपूर्ण भएको उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *