प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्।

काठमाण्डौं, मंसिर १४ गते ।

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई आइतबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार शेरचनमाथि बैंकिङ कसुरको आरोप छ।

‘बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोप छ। अहिले अपरेशन नै चलिरहेको छ। केही समयपछि विवरण आउँछ,’ उनले भने, ‘कर्जा दुरूपयोग गरेको देखिन्छ।’ 

यसअघि सिआइबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पक्राउ गरेको थियो। उनले हुण्डीको कारोबार गरेको आरोप थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *