काठमाडौं, कार्तिक १६ गते ।
सर्वोच्च अदालतले विभिन्न नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान लगायत ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाइ राजदूतलाई फिर्ता बोलाएको थियो ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न आइतबार सरकारका नाममा आदेश दिएको हो ।

प्रतिक्रिया