काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओेलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिएको बिरुद्ध सर्वोच्चमा रिट निवेदन पेश भएको छ । अधिवक्ता प्रेमराम सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
२३ र २४ को जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा ओलीलाई सरकारले अनुमति बेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ। यस्तै, उनको पासपोर्ट समेत रोक्का गरिएको छ ।
रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर अधिवक्ता सिलवालल पेश गरेको छ । सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्न वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास छ ।
‘रिट निवेदन पेश भएको छ । त्यसमाथि अध्ययन चलिरहेको छ । अध्ययनपछि दर्ता हुने नहुने टुंगो लाग्नेछ,’ सर्वोच्चका एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया