काठमाडौं म्याराथनको १७औं संस्करण कार्तिक १५ गते हुने

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनमा भइरहेको काठमाडौं म्याराथनको १७औं संस्करण कार्तिक १५ गते हुने भएको छ ।

यस प्रतियोगितामा म्याराथन (४२.१९५ किमि) मा खुला, ४०, ५० र ६० वर्षमाथि, हाफ म्याराथनमा खुला, ४० र ५० वर्षमाथि, १० किमि मास्टर्समा खुला, ५ किमिमा खुला, ५.३ किमिमा खुला, विद्यालय तथा फन रन गरी १३ विधा समावेश गरिएको छ ।

कार्तिक १० गतेसम्का लागि दर्ता प्रक्रिया खुला गरिएको छ । हालसम्म प्रतियोगितामा सहभागिताका लागि १०६ विदेशीसहित १६ राष्ट्रका ३ हजारभन्दा बढि धावक धाविकाले आफ्नो नाम दर्ता गरिसकेका छन् ।

म्याराथन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, वोडे, सानो ठिमी, तिनकुने, पशुपतिनाथ, गौशाला, चाबहिल, महाराजगंज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुदै सुरुआती विन्दुमै आएर समाप्त हुनेछ ।

म्याराथन बिहान ठीक ५ः३० बजे सुरु हुनेछ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *