समयमा कार्य सम्पन्न नगरी सम्झौता उल्लङ्घन गर्ने १७ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

Gantabya News

३० आश्विन २०८२, बिहीबार

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको १७ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एक देखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ ।

सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *