काठमाडौं । वेस्ट इन्डिजलाई लगातार २ खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी–२०आई शृंखला अन्तिम खेल पहिले नै जितेको छ ।
नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहास रचेको थियो । भने यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला जितेको छ । यस शृंखलाको अन्तिम खेल भोलि हुने छ ।

प्रतिक्रिया