काठमाण्डौं – जेन–जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको राहादानी रोक्का गर्न सिफारिस गरेको उच्च स्रोतले बतायो ।
आयोगले राहदानी विभागलाई पत्राचार गरेको छ । आयोगको स्वीकृत बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

प्रतिक्रिया