एएफसीले एन्फालाई कारबाही गरे पछि फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिए

काठमाडौ । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गरे पछि एन्फा का फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् ।

महर्जनले राजीनामा पत्रमा प्रतियोगितामा सहभागिताका लागि आवश्यक बजेट एन्फा सचिवालयले विनियोजन नगरेको कारण नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य हुनुपरेको उल्लेख गरेका छन् ।

एएफसी फुटसल कप २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको कारबाहीको जिम्मेवार एन्फा सचिवालय भएको बताउदै उनले बिहीबार राजीनामा बुझाएका छन् ।

फुटसल विभाग प्रमुखको हैसियतमा प्रतियोगिता सम्बन्धी सबै प्रकृया समयमा नै सचिवालयलाई जानकारी गराएकोे हुँ । तर सचिवालयले बजेट नदिएको कारण नेपाललाई सहभागी गराउन सकिन । यो लापरवाहीकै कारण नेपाललाई १० हजार डलर जरिबाना गरिएको छ र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरी कारबाही गरिएको छ महर्जनले भनेका छन् ।’

यस अवस्थामा आफूलाई पदमा रहेर काम गर्न नसक्ने भएको उनले बताउदै आजकै मितिबाट लागू हुने गरी पदबाट राजीनामा दिएको छु,’ महर्जनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *