काठमाण्डौ – मंगलबार सिंहदरबारमा बसेको सचिव स्तरीय बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारका कुनै पनि कर्मचारीको बैठक भत्ता खारेज गर्ने निर्णय गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।
यस्तै, सिंहदरबारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यस अघि जारी गरेका प्रवेश पासहरू सबै खारेज गर्ने भएको छ । आवश्यक परेको खण्डमा नयाँ पासहरू उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया