नागरिकलाई प्रभावकारी सेवा दिँदै गोकर्णेश्वर नगर हस्पिटल (भिडियो सहित)

Gantabya News

२३ बैशाख २०७९, शुक्रबार

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट सञ्चालित गोकर्णेश्वर नगर हस्पिटलको स्थापना २०७५ सालमा भएपछि यसले २०७६ सालदेखि निरन्तर सेवा दिँदै आइरहेको छ । त्यसयता निरन्तर सेवाहरु विस्तार गर्दै स्थानीय नागरिकलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । अझै केही स्वास्थ्य सेवाहरु विस्तारको क्रममा समेत रहेका छन् । यो हस्पिटलले अहिले मुख्य ४ ओटा सेवाहरु सामान्य उपचार सेवा, भिडियो एक्सरे, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, फिजिसियन लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।


हस्पिटलले आधुनिक ल्यावहरु सञ्चालनमा ल्याएको छ भने एक्स रे, भिडियो एक्स रे, चौबिसै घण्टा आकस्मिक सेवा, भर्ना, बर्थिक सेवा लगायतका इनडोर स्वास्थ्ये सेवा सञ्चालन गरिरहेको छ । नियमित स्वास्थ्य सेवा, परिवार नियोजनका सेवाहरु सञ्चालन भइरहेको छ भने अहिले थप रेविज विरुद्ध सुई दिने कार्यक्रम पनि सञ्चालन भइरहेको हस्पिटलका कार्यालय प्रमुख डा. साङ्बो लामाले जानकारी दिए ।
अहिले अस्पताल पुर्णरुपमा सफ्टवोयर प्रणालीमा गएको र यसको काम लगभग अन्तिम अवस्थामा पुगेको उनको भनाई छ । साथै अब अन्लाईनबाट पनि सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।


यो हस्पिटलसँग अहिले १५ सैयाको बेड सञ्चालनमा रहेको छ भने पर्याप्त स्वास्थकर्मी रहेको डा. लामाले जानकारी दिए । साथै उपचार खर्चपनि सहुलियतपूर्ण रहेको उनले बताए ।
डा.लामाले भने–‘विशेषज्ञ ४ जना रहनुभएको छ भने हामी डाक्टरहरु ५ जना रहेका छौ । स्वास्थ्यकर्मीको उपलब्धता प्रयाप्र्त नै रहेको छ । हामीसँग अहिले सरकारले तोकेको ७८ प्रकारका औषधीहरु छन् जुन हामीले निःशुल्क दिईरहेका छौ । जेठ १ गतेबाट स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्दै छौ । हामीले हरेक सेवाहरुमा शुल्क निर्धारण गरेका छौ तर एकदम कम छ । हामीले बिर, टिचिङ हस्पिटलको भन्दा पनि एकदम कम शुल्कमा नगरका नागरिकले सेवा पाउन भन्ने उदेश्यले शुल्क निर्धारण गरेका छौ । शुल्क तिर्न नसक्ने हरुका लागि निःशुल्क सेवा पनि दिईरहेका छौ ।’


अहिले विशेषज्ञ थप गरेपछि स्थानीयको आकर्षण बढेको उनले बताए ।
उनले भने–‘पहिले यहाँका भन्दा पनि उपत्यका बाहिरबाट यहाँ आएर बस्नुभएका बिरामी आउनुहुन्थ्यो भने अहिले विशेषज्ञ सेवा र थप सेवाको विस्तारपछि स्थानियहरु पनि आईरहनु भएको छ । हामीसँग दैनिक डेस सय देखि २ सय विरामी आईरहेका छन् ।’


अस्पतालको मुख्य समस्याको रुपमा भौतिक पुर्वाधार रहेको छ । आफ्नै विशेष भवन नभएको र जग्गाको समस्या, विविध समस्याले गर्दा भवन बनाउन नसकिएको उनले बताए । २०३२ सालमा हेल्थ पोष्टको रुपमा रहेका विल्डिङलाई हस्पिटलको रुपमा सञ्चालन गरिरहेको लामाले बताए । जसले गर्दा सेवा विस्तार गर्न कठिनाई भएको उनले बताए । यद्यपी तत्कालको सेवा विस्तारका क्रममा छिट्टै दन्त उपचार सेवा र आँखा सम्बन्धी सेवाको विस्तार गर्न लागेको डा.लामाले जानकारी दिए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *